श्री जनशक्ति आधारभूत विद्यालय

यो विद्यालय शुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. १ साविक कालिका गाउ विकास समिति वडा नं. ८ बलभद्रवस्तीमा वि.सं. २०४० साल मंशिर २९ गते स्थापना भएको हो । विद्यालयको ऐतिहासिक पृष्ठभूमी: २०४४ फागुण १३ मा विद्यालय स्वीकृत भएको र २०४९ सालमा कक्षा ५ स्वीकृत भई प्राथमिक तह पुरा भएको हो । स्थापना हुँदा यस विद्यालयको नाम श्री सरस्वती प्राथमिक विद्यालय रहेको थियो । यस विद्यालयका संस्थापक अध्यक्ष यसै बलभद्रबस्तीका शुक बहादुर तामाङ्ग¬ हुन । २०६७ सालमा तह वृद्धि भइ कक्षा ६ र क्रमशः ०६८ मा कक्षा ७ र ०६९ देखि कक्षा ८ सम्मका कक्षाहरु सञ्चालनमा छन । २०६८ साल देखि यस विद्यालमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराइन्छ । यस वापत कुनै मासिक शुल्क लाग्दैन । विद्यालयको आफ्नै नामको चार विगाह जमिन छ । यस मध्ये एक विगाहमा विद्यालय कम्पाउण्ड, दुई विगाहमा खेलमैदान र एक विगाहमा कृषि उपज प्रयोजनमा उपयोग हँुदै आएको छ । कम्पाउण्ड भित्र २०६२ साउन महिनामा शैक्षिक, आर्थिक, छायाँ र मनोरञ्जन प्रयोजनका निम्ति विभिन्न प्रजातिका ... वटा रुख र फूल विरुवा लगाइएका छन । कम्पाउण्ड भित्र एक सय फिट लामो र पचास फिट चौडाइ भएको स्वीमिंग पूल निर्माधिन अवस्थामा रहेको छ । काठको टस टिनको छाना भएको ५ कोठाको भवन एक, आइरन टस टिनको छाना भएको ८ वठा कोठा भएका चार वटा भवन रहेका छन । ६ वटा कक्षा कोठा, १ सभा हल, तल र माथि ४ वटा शौचालय भएको दुई तले पक्कि भवन निमार्णाधिन अवस्थामा छ ।
सहायताको लागि हामीलाई कल गर्नुहोस्

९७६७४२४३१४

श्री जनशक्ति आधारभूत विद्यालय
श्री जनशक्ति आधारभूत विद्यालय
श्री जनशक्ति आधारभूत विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।